कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

आयातमा भन्सार छुट विदेशी पुस्तकलाई मात्रै : अर्थ मन्त्रालय

‘नेपाली प्रकाशकले विदेशमा मुद्रण गरी पैठारी गर्ने पुस्तकमा १० प्रतिशत भन्सार महसुल यथावत’
कान्तिपुर संवाददाता

काठमाडौँ — मन्त्रिपरिषद् बैठकले विदेशी पुस्तकहरुलाई मात्रै आयात गर्दा भन्सार छुट दिने निर्णय गरेको अर्थ मन्त्रालयले प्रष्ट्याएको छ । 

आयातमा भन्सार छुट विदेशी पुस्तकलाई मात्रै : अर्थ मन्त्रालय

मन्त्रिपरिषद निर्णयलगत्तै सबै पुस्तकमा भन्सार छुट भनिए पनि वास्तविकता त्यस्तो नभएको अर्थको स्पष्टोक्ति छ । अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले नेपाली प्रकाशकले विदेशमा मुद्रण गरी पैठारी गर्ने पुस्तकमा १० प्रतिशत भन्सार महसुल लाग्ने साविकको व्यवस्थालाई यथावत राखिएको बताए । उनले सरकारको निर्णयले स्वदेशी मुद्रण उद्योगलाई संरक्षण गर्ने भन्दै असन्तुष्टिहरुलाई पनि सम्बोधन गरेको बताए ।

गत आर्थिक वर्षबाट पूर्व अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका पुस्तक आयात गर्दा अधिकतम खुद्रा मूल्य (एमआरपी) मा १० प्रतिशतका दरले भन्सार महसुल लाग्ने व्यवस्था बजेटमार्फत् गरेका थिए ।

त्यसअघि नेपाली प्रकाशकले विदेशमा छपाइ गरी ल्याउँदा छपाइ मूल्यमा १५ प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था थियो । अन्य पुस्तक आयात गर्दा भन्सार लाग्दैन थियो ।

प्रकाशित : कार्तिक २७, २०७७ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?