१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

निजी क्षेत्रको आत्मविश्‍वास र मनोबल नबढाई अर्थतन्त्र गतिशील बनाउन सकिन्‍‍न : अर्थमन्त्री पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाई अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताएका छन् । 

निजी क्षेत्रको आत्मविश्‍वास र मनोबल नबढाई अर्थतन्त्र गतिशील बनाउन सकिन्‍‍न : अर्थमन्त्री पौडेल

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग बुधबार भएको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्र बिना अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताएका हुन् ।

कोरोना भाइरस (कोभिड- १९) ले सिर्जना गरेको चुनौतीलाई परास्त गर्दै अर्थतन्त्रलाई पुनरोत्थान गर्न, रोजगारीका अवसर बढाउन र उत्पादन बढाउने काम निजी क्षेत्र बिना सम्भव नभएको मन्त्री पौडेलले बताए । अहिलेको प्रतिकूल परिस्थितिका बीच पनि व्यवसाय सुचारु गर्न र राष्ट्रिय अर्थतन्त्रमा आ–आफ्नो ठाउँबाट योगदान दिन अनुकूल परिस्थितिको निर्माण गर्ने भूमिकामा सरकार रहेको उनको भनाइ थियो ।

यस्तै, सरकारले घोषणा गरेका कार्यक्रमहरू कार्यान्वयनमा नगएको सम्बन्धमा आफ्नो ध्यान केन्द्रित भएको पनि अर्थमन्त्री पौडेलले बताए । सरकारले घोषणा गरेको पुनर्कर्जा तथा स्टीमुलस प्याकेज कार्यान्वयनको चरणमा रहेको पनि उनले जानकारी दिए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजश्वका दर घटाउन माग गरेका थिए । सरकारले राजश्वका दर घटाउँदा कारोबार बढ्न जाने र कारोबार बढेपछि स्वतः राजस्वको आकारसमेत बढ्ने भएकाले छिटोभन्दा छिटो राजश्वका दर घटाउनुपर्ने उनको भनाइ थियो ।

करका दर उच्च हुँदा कुनै पनि वस्तुको मूल्य बढी हुने भएकाले कतिपय सामानहरूको अवैध आयात हुने गरेको व्यवसायीहरूले बताएका छन् । त्यसैले पनि भन्सार दर, राजश्व, मूल्य अभिवृद्धि कर लगायतका करका दरहरूमा सुधार आवश्यक रहेको तर्क व्यवसायीहरूको छ ।

भिडियोः

प्रकाशित : कार्तिक २६, २०७७ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?