२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बक्यौता रकम नपाए छठलगत्तै सिंहदरबार घेराउ गर्ने उखु किसानको चेतावनी

कान्तिपुर संवाददाता

काठमाडौँ — उखु किसानहरुले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । 

बक्यौता रकम नपाए छठलगत्तै सिंहदरबार घेराउ गर्ने उखु किसानको चेतावनी

आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले बक्यौता रकम नपाए छठलगत्तै सिंहदरबार घेराउ गर्ने चेतावनी दिएका छन् । ‘विगतमा भएको सहमति अहिलेसम्म कार्यान्वयन भएको छैन । सरकारसँग भएको सहमतिअनुसार गत माघ २५ भित्रै सबै बक्यौता पाउनु पर्ने थियो । तर, पाएनौं,’ उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले भने, ‘छठसम्म किसानले भुक्तानी नपाए मंसिर २७ गतेदेखि काठमाडौं माइतीघर मण्डलामा हजारौं किसानहरु भेला भई सिंहदरबार घेर्नेछौं ।’

रकम भुक्तानीको माग गर्दै किसानहरु काठमाडौंमा आन्दोलन गरेपछि मन्त्रालयले २०७६ पुस १८ गते उखु किसानसँग ५ बुदे सम्झैता गरेको थियो । मन्त्रालयले तत्काल भुक्तानीको वातावारण बनाउने, मिल मालिकको सम्पत्ति बिक्री गरेर भए पनि सम्पूर्ण बक्यौता चुक्ता गर्ने आश्वासन दिएको थियो । तर, एक वर्ष पुग्नै लाग्दा किसानहरुले अझै उखुको पैसा पाएका छैनन् । रकम नपाएपछि किसानहरु चैत ४ गते पुन: काठमाडौं आएका थिए । तर, कोभिड–१९ संक्रमण फैलिन नदिन सरकारले ११ गतेदेखि लकडाउन गर्ने निर्णयसँगै किसानहरु पुन: गाउँ फर्किएका थिए । जिल्लामा भने आन्दोलनको कार्यक्रमहरु यथावत् नै थियो ।

प्रकाशित : कार्तिक २३, २०७७ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?