एनआरएनएले दियो सवा करोडका स्वास्थ्य सामग्री

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वास्थ्य मन्त्रालयलाई करिब सवा करोड रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 

एनआरएनएले दियो सवा करोडका स्वास्थ्य सामग्री

जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य साग्री एनआरएनए उपाध्यक्ष बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई शुक्रबार हस्तान्तरण गरे । स्वास्थ्य मन्त्रालयमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा रावतले कोभिड–१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीले ठूलो योगदान पुर्‍याएको बताए । नेपाल सरकार र संघबीच सहकार्यको आवश्यकता रहेको र कोरोना महामारीविरुद्ध सबै एकजुट हुन उनले आग्रह गरे । संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भएदेखि नै विदेशमा रहेका नेपालीले स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको केसीको भनाइ छ ।

विदेशमा नेपालीको अवस्था र उनीहरुले भोगिरहेको समास्याबारे प्रस्ट पार्दै उनले १ करोड २० लाख रुपैयाँ बराबरका उक्त स्वास्थ्य सामग्री जुटाउन सहयोग गर्ने जापानवासी नेपालीप्रति आभार व्यक्त गरे । गैरआवासीय नेपाली संघले कोभिड १९ को महामारी सुरु भएदेखि २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

प्रकाशित : कार्तिक २१, २०७७ २२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?