कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

निगमको प्रवक्तामा श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल वायुसेवा निगमको प्रवक्तामा महाप्रबन्धको कार्यालयकी कामु निर्देशक करिश्मा श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

निगमको प्रवक्तामा श्रेष्ठ

उनी निगमको नवौं तहकी कर्मचारी हुन् । निगमका लामो समयदेखि उनी कार्यकारी अध्यक्षको कार्यालयमा कार्यरत थिइन ।

निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले आइतबार कामु निर्देशक श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिएको निगमले जनाएको छ । त्यसैगरी सह‍प्रवक्तामा निगमका वरिष्ठ अधिकृत शुलेख मिश्रलाई तोकिएको छ ।

यसअघि निगमको प्रवक्तामा संस्थागत विभागकी निर्देशक अर्चना खड्का र सहप्रवक्तामा जीवनकुमार भट्टराई थिए ।

प्रकाशित : कार्तिक २, २०७७ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?