३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

यस वर्षको दसैंमा राष्ट्र बैंकले नयाँ नोट नबाँड्ने

यज्ञ बञ्जाडे

काठमाडौँ — यस वर्षको दसैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ । कोरोना भाइरसको जोखिम उच्च भएकाले भिडभाड गरेर नयाँ नोट बाँड्ने अवस्था नभएको राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट वितरण नगर्नेबारे राष्ट्र बैंकले औपचारिक सूचना जारी गरिसकेको छैन ।

यस वर्षको दसैंमा राष्ट्र बैंकले नयाँ नोट नबाँड्ने

तर, गत साता बसेको सञ्चालक समिति बैठकमा यसबारे छलफल भइसकेको छ । नयाँ नोट वितरण नगर्नेबारे सम्भवत: सोमबार सूचना जारी गरिने स्रोतले बताएको छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले कोरोनाको जोखिम उच्च भएकाले पंतिबद्ध गराएर नयाँ नोट बाँड्ने अवस्था नभएको बताए । ‘यो वर्ष सर्वसाधारणको भिडभाड गराएर नयाँ नोट बाँड्न सक्ने अवस्था छैन,’ उनले भने ।

अघिल्ला वर्षहरुमा राष्ट्र बैंकले दसैंको अवसरमा नयाँ नोट वितरण गर्दै आएको थियो ।

प्रकाशित : आश्विन २४, २०७७ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?