एनसेलको ‘कुरैकुरामा उपहार’- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

एनसेलको ‘कुरैकुरामा उपहार’

कान्तिपुर संवाददाता

काठमाडौँ — एनसेल आजियाटाले दसैंतिहार तथा छठ पर्वका अवसरमा ‘कुरैकुरामा उपहार’ योजना ल्याएको छ ।

भ्वाइस सेवाका ग्राहकका लागि कम्पनीले यो योजना ल्याएको हो । एनसेलका सबै प्रिपेड ग्राहकले अननेट, अफनेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी दैनिक, साप्ताहिक र बम्पर उपहार जित्न सक्छन् ।

प्रकाशित : आश्विन १९, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्

सामसङको ‘बडादसैं, बिग धमाका’

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङले नजिकिँदै गरेको चाडपर्वलाई लक्ष्य गर्दै ‘बडादसैं बिग धमाका’ योजना ल्याएको छ ।

सामसङका कुनै पनि स्मार्टफोन तथा ट्याब खरिद गरी यो योजनामा सहभागी हुने ग्राहकलाई साप्ताहिक तथा बम्पर लक्की ड्रको व्यवस्था छ ।

योजनाअनुसार १ जना विजेतालाई बम्पर बिग धमाका लक्की ड्रमार्फत ‘रेनल्ट डस्टर’ र साप्ताहिक बिग धमाका लक्की ड्रमार्फत ५ जना विजेतालाई ‘होन्डा हर्नेट १६० आर’ तथा १० विजेतालाई सामसङ ग्यालेक्सी नोट २०’ प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन १९, २०७७ ०९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×