२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एनआईसीको अनलाइन कर्जा

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआईसी एसिया बैंकले अनलाइनमार्फत कर्जा आवेदन दिने प्रणालीको सुरुवात गरेको छ ।

‘लोनएप्लिकेसन डटकम एनआईसीएसिया डटकम’ मार्फत अनलाइन कर्जाको सुरुवात गरिएको बैंकले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । बैंकले ‘डिजिटल फस्ट बैंक’ बन्ने रणनीतिअनुसार बैंकको व्यावसायिक प्रक्रिया तथा क्रियाकलापहरूलाई डिजिटलतर्फ परिमार्जन गर्दै कर्जालाई समेत अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था गरेको हो ।

यसमा ग्राहकले लिन सक्ने कर्जाको सीमा तथा आयस्रोतअनुसार कर्जा क्षमता निक्र्योल गर्न सकिने व्यवस्था छ ।

प्रकाशित : आश्विन १७, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?