बीओकेको ‘ग्रिन पिन’ सेवा- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीओकेको ‘ग्रिन पिन’ सेवा

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंक अफ काठमान्डु (बीओके) ले ग्राहकको सुविधाका लागि ‘ग्रिन पिन’ सेवा सुरु गरेको छ ।

बैंकका कुनै पनि एटीएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्न ग्रिन पिन सुविधा ल्याइएको हो ।

यो सुविधाले बैंकका नयाँ ग्राहकले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डवाहक ग्राहकले आफ्नो कार्डको पिन रिसेट गर्न सक्छन् ।

प्रकाशित : आश्विन १७, २०७७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्

सांग्रिला बैंक–पे नेप सहकार्य

कान्तिपुर संवाददाता

काठमाडौँ — सांग्रिला डेभलपमेन्ट बैंक र पे नेपको (मोरु) बीच बैंकका ग्राहकलाई इन्टरनेट तथा मोबाइल बैंकिङ सुविधा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले इन्टरनेट तथा मोबाइल बैंकिङद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु) मा लोड गरी मोबाइल टपअप, एयर टिकट खरिद, खानेपानी शुल्क तथा विद्युत् महसुल भुक्तानी र सिनेमाका टिकेट खरिद जस्ता सुविधा प्राप्त गर्न सक्छन् ।

प्रकाशित : आश्विन १७, २०७७ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×