कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

त्रिशूलीमा जलयात्रा सुरु

हरिहरसिंह राठौर

धादिङ — कोरोना कहरले बन्द भएका पर्यटकीय गतिविधि बिस्तारै सुरु हुन थालेका छन् । लकडाउनले ठप्प त्रिशूली नदीको जलविहार गराउने कम्पनी तथा रिसोर्टले विभिन्न प्याकेज सार्वजनिक गर्दै जलविहार सुरु गरेका छन् ।

त्रिशूलीमा जलयात्रा सुरु

‘स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर त्रिशूलीको जलयात्रालाई ६ महिनापछि सुरु गरेका छौं,’ कोर एडभेन्चर नेपालका चरौंदीस्थित शाखा प्रबन्धक भीष्मराज थपलियाले भने । काठमाडौंबाट यातायात, जलयात्रा, रक क्लाइम्बिङ, बार्बिक्युलगायतका लागि प्रतिव्यक्ति ३५ सयदेखि ४ हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ ।


गत सोमबारदेखि आन्तरिक युवा पर्यटक त्रिशूलीमा ल्याएर जलयात्रा गराउन थालिसकिएको उनले बताए । पृथ्वी राजमार्गवरपर नदी किनारमा मात्रै जलविहार गराउने आधा दर्जन कम्पनी छन् । अरू काठमाडौंबाटै पर्यटक लिएर आउने गरेका छन् ।

प्रकाशित : आश्विन १७, २०७७ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?