बर्जरको ‘बर्जर कलर स्प्लास’ अफर

कान्तिपुर संवाददाता

काठमाडौँ — सहभागीमध्ये उत्कृष्ट २८ घरधनीले विभिन्न आकर्षक नगद पुरस्कार जित्न सक्नेछन् ।

बर्जरको ‘बर्जर कलर स्प्लास’ अफर

बर्जर जेन्सन एन्ड निकल्सन (नेपाल) प्रालिले दसैंतिहारको अवसरमा बर्जर कलर स्प्लास सुरु गरेको छ ।

यो योजना असोज १५ गतेदेखि लागू भएको हो । योजनाअन्तर्गत १ सय वर्गफिट बराबरको सिल्क डिजाइन पेन्ट्स पक्का उपहार प्राप्त गर्न बर्जर पेन्ट्सको योजनामा उल्लिखित ब्रान्ड खरिद गर्नुपर्नेछ । योजनाअन्तर्गत एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कारमा नगद ५ लाख प्राप्त गर्नेछन् ।

अन्य पुरस्कारमा २ लाख २ जनालाई, ५० हजार ५ जनालाई र सामसुङ मोबाइल फोन १ सय जनालाई प्रदान गरिनेछ । उपभोक्ताले बर्जर पेन्टले रंगाइएको घरको फोटो अपलोड गरेर डिजिटल प्रतियोगितामा पनि भाग लिन सक्नेछन् ।

प्रकाशित : आश्विन १६, २०७७ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?