भायानेटको ‘बडादसैंमा बडा टीभी’- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

भायानेटको ‘बडादसैंमा बडा टीभी’

कान्तिपुर संवाददाता

काठमाडौँ — भायानेटले चाडपर्व अफरका रूपमा ‘भायानेट बडादसैंमा बडा टीभी’ अफर ल्याएको छ ।

यो योजनामा ग्राहकलाई टेलिभिजन सेट र क्यास भौचर प्रदान गरिने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत भायानेटका ग्राहकले ४३ इन्चको स्काइवर्थ एलईडी टीभीका साथ ३० एमबीपीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटीभी सेवा ४१ हजार ९ सय ९० रुपैयाँमा प्राप्त गर्नेछन् ।

स्काइवर्थ एलईडी टीभीका साथ ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटीभी सेवा २८ हजार ९ सय ९० रुपैयाँमा प्राप्त गर्नेछन् ।


प्रकाशित : आश्विन १६, २०७७ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्

टोयोटा कोरोला क्रसको बिक्री सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वप्रसिद्ध टोयोटा कारको नयाँ संस्करण क्रस एसयूभी थाइल्यान्डमा निर्माण गरिएको हो ।

टोयोटा गाडीहरूको एक मात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले टोयोटा कोरोला क्रस एसयूभीको नेपालमा बिक्रीवितरण सुरु गरेको छ ।

कम्पनीले भच्र्युअल माध्यमबाट बिक्री सुरु गरेको बताएको छ । टोयोटाका कार नेपालमा अत्यन्त रुचाइएका छन् ।

प्रकाशित : आश्विन १६, २०७७ ०९:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×