बजाजले ल्यायो एभेन्जर स्ट्रिट १६० एबीएस- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजाजले ल्यायो एभेन्जर स्ट्रिट १६० एबीएस

कान्तिपुर संवाददाता

काठमाडौँ — बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ एभेन्जर स्ट्रिट १६० एबीएस भित्र्याएको छ ।

नयाँ एभेन्जर स्ट्रिट १६० स्पोस्टर डिजाइनमा आउनेछ । यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ । एलईडी डीआरएलका साथ यसले दीर्घकालीन छाप सिर्जना गर्छ ।

यसमा सहर र हाइवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रिट कन्ट्रोल ह्यान्डल बार पनि छ ।

प्रकाशित : आश्विन १६, २०७७ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्

ई–सेवा तथा फोनपेमार्फत भुक्तानी गर्दा छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — बिगमार्टमा सपिङ गर्दा ई–सेवा तथा फोनपेमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने योजना पुन: सुरु गरिएको छ ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र ई–सेवाको सहकार्यमा सुरु भएको यो योजना कोभिड–१९ ले गर्दा दोस्रो पटक गरिएको निषेधाज्ञाका कारण स्थगन भएको थियो ।

यो योजना बिगमार्टका ५० वटै स्टोरमा लागू छ ।

प्रकाशित : आश्विन १६, २०७७ ०९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×