कुमारीको आकर्षक कर्जा
काठमाडौँ — यो कर्जामार्फत सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ब्रोकरमार्फत बैंकमा सम्पर्क गरी कर्जा स्वीकृत गराउन सक्नेछन् ।
कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र विनिमय बजारमा कारोबार हुने सेयर खरिदका लागि सस्तो ब्याजदरमा कुमारी मार्जिन लेन्डिङ योजना ल्याएको छ ।
यो योजनाअन्तर्गत सेयर किन्नुअघि कुनै धितो आवश्यक नपर्ने, कर्जा लिई किनिएको सेयर खरिदपछि सोही सेयर धितोमा रहने प्रावधान छ ।
प्रकाशित : आश्विन १६, २०७७ ०९:२९