कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मोबाइलबाटै मनकामना केबलकारको टिकट

कान्तिपुर संवाददाता

काठमाडौँ — मनकामना केबलकार र ई–सेवाबीच टिकट खरिदबिक्री सम्झौता भएको छ ।

सम्झौतासँगै मनकामना दर्शन गर्न जानेहरूले टिकट किन्न अब पहिला जस्तो लामो लाइनमा बस्नुपर्ने भन्झट हुनेछैन । भक्तजनको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी टिकट खरिद गर्दा नगदरहित कारोबारलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले केबलकारले यस्तो व्यवस्था गरेको हो ।

टिकट खरिद गर्दा सोझै भक्तजनको मोबाइल र कम्प्युटरमा ई–टिकट प्राप्त हुन्छ । सोही टिकट देखाई केबलकारमा यात्रा गर्न सकिनेछ ।

प्रकाशित : आश्विन १५, २०७७ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?