चन्द्रपुरमा सानिमाको शाखा


काठमाडौँ — सानिमा बैंक लिमिटेडले रौतहटको चन्द्रपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।



चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले शाखाको उद्घाटन गरे । शाखा सञ्चालनमा आएसँगै चन्द्रपुर र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ सेवामा सहज पहुँच पुग्ने बैंकले जनाएको छ ।
सानिमाका सातै प्रदेशमा ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटीएम सञ्चालनमा छन् ।
प्रकाशित : आश्विन १५, २०७७ १०:०७