१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

होन्डाको नयाँ योजना ‘एक रुपैयाँमा होन्डा’

कान्तिपुर संवाददाता

काठमाडौँ — होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैलाई लक्ष्य गर्दै ‘हर एक नेपालीलाई १ रुपैयाँमा होन्डा’ योजना ल्याएको छ ।

कोभिड–१९ को परिस्थितिलाई दृष्टिगत गरी नेपालीमाझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले बताएको छ । यो योजनामा ग्राहकले होन्डाका कुनै पनि मोटरसाइकल वा स्कुटर १ रुपैयाँ डाउनपेमेन्ट वा १ रुपैयाँको ईएमआई र १ प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् ।

योजनाअन्तर्गत खरिदकर्ताले होन्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्री बोनस सर्भिसिङका साथै ७ वर्षका लागि स्पेयर पाटर््समा ७ प्रतिशत छुट पाउनेछन् ।

प्रकाशित : आश्विन १४, २०७७ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?