मुगुमा खाद्यान्‍न ढुवानी सुरु- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगुमा खाद्यान्‍न ढुवानी सुरु

राजबहादुर शाही

मुगु — आर्थिक वर्ष सुरु भएको तीन महिनापछि मुगुमा खाद्यान्‍न ढुवानी सुरु भएको छ । पहिलो लटमा यही साता नेपालगन्जदेखि स्थलमार्गबाट १ सय ७० क्विन्टल चामल गममढी पुगेको छ । थप चामल आउने क्रममा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

मुगुको गमगढीस्थित खाद्य गोदाम । तस्बिर : राजबहादुर शाही/कान्तिपुर

सरकारी चामल नहुँदा स्थानीयले बजारमा ८० रुपैयाँ केजीसम्म चामल किन्ने गरेका थिए । अब ५० रुपैयाँमा चामल किन्‍न पाइने भएको कम्पनीका जिल्ला शाखा प्रमुख कर्णबहादुर रावलले बताए । गमगढी क्षेत्रको लागि चालु आर्थिक वर्षमा ११ हजार क्‍विन्टल चामलको कोटा रहेको छ । सोरुकोट, पुलु, श्रीकोट र कालै डिपोमा भने खाद्यान्‍न ढुवानी अझैसम्म हुन सकेको छैन । त्यहाँका डीपोहरु असारदेखि रित्तै छन् ।

प्रकाशित : आश्विन १३, २०७७ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्

मुगुमा जिप दुर्घटना, १ जनाको मुत्यु, १० घाइते

राजबहादुर शाही

काठमाडौँ — जिल्ला सदरमुकाम गमगढीदेखि सोरु गाउँपालिकाको तारापानी बजारतर्फ जाँदै गरेको क १ ज ३२ नम्बरको बोलेर जिप निगाले गाउँको खोलामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।  

मुगुमा जिप दुर्घटना भएका घाइतेहरुको जिल्ला अस्पतालमा उपचार गरिँदै तस्बिर : राजबहादुर शाही/कान्तिपुर

जिप बुधबार दिउँसो करिब ४ बजे दुर्घटना भएको हो । विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा चिप्लिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । मृतकको नाम खुल्न सकेको छैन ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भुवनेश्वरप्रसाद साहले बताए । घाइते हुनेहरुमा सोरु गाउँपालिका–७ का रुपलाल बुढा, वडा नं–८ सिह रावल, बिर्सना रावल, खेमराज रावल, वडा नं–५ का सुरेश शाही, राजबहादुर शाही, वडा नं–९ का रगु बिटालु, भक्त बिटालु, वडा नं ३ का कमलराज बुमी र जिप चालक खेमराज हमाल छन् ।

चिकित्सकका अनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको जिल्ला अस्पताल ठिनीमा उपचार भइरहेको डा मिना चौलागाईंले बताइन् ।

प्रकाशित : श्रावण २८, २०७७ १८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×