कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

मुगुमा खाद्यान्‍न ढुवानी सुरु

राजबहादुर शाही

मुगु — आर्थिक वर्ष सुरु भएको तीन महिनापछि मुगुमा खाद्यान्‍न ढुवानी सुरु भएको छ । पहिलो लटमा यही साता नेपालगन्जदेखि स्थलमार्गबाट १ सय ७० क्विन्टल चामल गममढी पुगेको छ । थप चामल आउने क्रममा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

मुगुमा खाद्यान्‍न ढुवानी सुरु

सरकारी चामल नहुँदा स्थानीयले बजारमा ८० रुपैयाँ केजीसम्म चामल किन्ने गरेका थिए । अब ५० रुपैयाँमा चामल किन्‍न पाइने भएको कम्पनीका जिल्ला शाखा प्रमुख कर्णबहादुर रावलले बताए । गमगढी क्षेत्रको लागि चालु आर्थिक वर्षमा ११ हजार क्‍विन्टल चामलको कोटा रहेको छ । सोरुकोट, पुलु, श्रीकोट र कालै डिपोमा भने खाद्यान्‍न ढुवानी अझैसम्म हुन सकेको छैन । त्यहाँका डीपोहरु असारदेखि रित्तै छन् ।

प्रकाशित : आश्विन १३, २०७७ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?