पीसीएएफको स्टिअरिङ कमिटीमा एनएमबी- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीसीएएफको स्टिअरिङ कमिटीमा एनएमबी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेट जेरो एसेट अनर एलायन्स (एओए) सँगको सहकार्यमा पीसीएएफले आफ्नो सञ्चालक समितिमा एओएको एक प्रतिनिधिका रूपमा एनएमबी बैंकलाई समावेश गरेको हो ।

एबीएन एम्रो, मोर्गन स्टान्ली र अग्रणी अन्तर्राष्ट्रिय बैंकहरूको पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल (पीसीएएफ) को स्टिअरिङ कमिटीमा एनएमबी बैंक नियुक्त भएको छ ।

पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी हो ।

प्रकाशित : आश्विन १३, २०७७ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्

कियाको ‘बिगेस्ट सरप्राइज अफ द इयर’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले चाडपर्वको अवसर पारेर ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत कियाका दुई मोडलका गाडी खरिदमा चार लाख रुपैयाँसम्मको सर्वाधिक डिस्काउन्ट पाउन सक्ने कम्पनीले जनाएको छ । योजना अवधिमा कियाको अल न्यु सेल्टोस र स्पोर्टेज गाडी खरिद गर्ने ग्राहकले उक्त डिस्काउन्ट पाउनेछन् ।

यो योजनामा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको नि:शुल्क बिमा सुविधा पाउनेछन् । गाडीको एक वर्षको सडक कर पनि कम्पनीले नै बेहोर्ने बताएको छ ।

प्रकाशित : आश्विन १३, २०७७ १०:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×