३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कियाको ‘बिगेस्ट सरप्राइज अफ द इयर’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले चाडपर्वको अवसर पारेर ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ ।

कियाको ‘बिगेस्ट सरप्राइज अफ द इयर’

यो योजनाअन्तर्गत कियाका दुई मोडलका गाडी खरिदमा चार लाख रुपैयाँसम्मको सर्वाधिक डिस्काउन्ट पाउन सक्ने कम्पनीले जनाएको छ । योजना अवधिमा कियाको अल न्यु सेल्टोस र स्पोर्टेज गाडी खरिद गर्ने ग्राहकले उक्त डिस्काउन्ट पाउनेछन् ।

यो योजनामा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको नि:शुल्क बिमा सुविधा पाउनेछन् । गाडीको एक वर्षको सडक कर पनि कम्पनीले नै बेहोर्ने बताएको छ ।

प्रकाशित : आश्विन १३, २०७७ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?