कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

असोज १५ गतेदेखि प्याराग्लाइडिङ सञ्‍चालन हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना महामारीका कारण ७ महिनादेखि बन्द प्याराग्लाइडिङ असोज १५ गतेदेखि सञ्चालनमा आउने भएको छ । सरकारले आन्तरिक उडान सुरु गरेसँगै प्याराग्लाइडिङ पनि असोज १५ गतेबाट व्यावसायिक रुपमा सञ्चालनमा आउने भएको हो ।

असोज १५ गतेदेखि प्याराग्लाइडिङ सञ्‍चालन हुने

अहिले परीक्षणकालका रुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङ सुरु हुने नेपालहवाई खेलकुद संस्था ‘ना’का अध्यक्ष कृष्ण भण्डारीले बताए । पुरानै अवस्थामा फर्किन समय लाग्ने भए पनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने उनले बताए ।

कोरोनाको जोखिमका कारण बन्द रहेका कम्पनीहरुलाई पुन: बुकिङ सुरु गर्न नाकाले प्याराग्लाइडिङ कम्पनीहरुलाई निर्देशन दिएको छ । लकडाउनको अवधिमा पोखरामा व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिरहेका कम्पनीहरुले करिब ५० करोड बराबरा नोक्सानी बेहोर्नुपरेको ‘ना’का महासचिव बलराम आर्चायले बताए ।

अहिले परीक्षणकालमा रहेका प्याराग्लाइडिङ सुरक्षाका निश्चित मापदण्ड अपनाएर सञ्चालन भइरहेका छन । प्याराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेसन अफ एरोनोटिक इन्टरनेसनल (एफएआई)का अनुसार पोखरा प्याराग्लाइडिङको उत्कृष्टमध्येको एक गन्तव्य हो । यसलाई पहिलेको अवस्थामा ल्याउन धेरै चुनौती रहेका छन् ।

पोखराको सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडाउने गर्दछन् । सुरुवाती दिनमा विदेशी पाइलटले धानेको प्याराग्लाइडिङ अहिले तीन सयभन्दा बढी नेपाली पाइलट छन् । प्याराग्लाइडिङबाट झन्डै दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रकाशित : आश्विन १२, २०७७ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?