२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सानिमाको नि:शुल्क क्रेडिट कार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैंको उपलक्ष्यमा सानिमा बैंकले ‘यो पालिको दसैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित नि:शुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ ।

यो योजना असोज १२ देखि असोज मसान्त ०७७ सम्म आवेदन दिने ग्राहकमा लागू हुनेछ । साथै सुलभ ब्याजदरमा मासिक किस्ता भुक्तानीको व्यवस्था गर्न सकिनेछ ।

यसैगरी पहिलो ५० जना ग्राहकले अनलाइन सपिङ पोर्टल दराजमा ३ हजार बराबरको सामान खरिद गर्दा ५ सय को नि:शुल्क भौचरसमेत प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : आश्विन १२, २०७७ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?