कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विराटनगरमा प्याजको मनपरी मूल्य

कान्तिपुर संवाददाता

विराटनगर — भारतले निर्यातमा प्रतिबन्ध लगाउनु अघिदेखि भण्डारणमा रहेको प्याज सीमावर्ती विराटनगर महानगरपालिकाका व्यवसायीले दोब्बरभन्दा बढी मूल्यमा बिक्री गरिरहेका छन् । महानगरको तरकारी मन्डी गुद्री बजारमा थोकमा प्रतिकिलो ८० र खुद्रामा औसत सय रुपैयाँमा प्याज बिक्री भइरहेको पाइएको छ ।

विराटनगरमा प्याजको मनपरी मूल्य

भारतले निर्यातमा रोक लगाउनु एक दिनअघिसम्म यहाँ थोकमा प्रतिकिलो ४५ रुपैयाँ र खुद्रामा ५५/६० रुपैयाँमा बिक्री हुन्थ्यो । अहिले थोक र खुद्रा व्यापारीले खुलेआम झन्डै दोब्बर मूल्य असुलिरहेको सर्वसाधारणले गुनासो गरेका छन् ।

प्रतिबन्ध लाग्नुअघि पुरानै मूल्यमा किनेका प्याजका गाडी मात्र असोज ४ सम्म भारतबाट नेपाल भित्रिएको स्थानीय व्यवसायीले बताए । अहिले भण्डारणमा रहेका प्याज उनीहरुले भारतबाट प्रतिकिलो ३५ देखि ४९ रुपैयाँमा ल्याएको देखिन्छ । तर यहाँ भने उनीहरुले मनलाग्दी मूल्य असुलिरहेका छन् ।

प्रकाशित : आश्विन ११, २०७७ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?