होटल अलफ्टसँग एभरेस्टको सहकार्य- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होटल अलफ्टसँग एभरेस्टको सहकार्य

कान्तिपुर संवाददाता

काठमाडौँ — एभरेस्ट बैंक लिमिटेडले होटल अलफ्टसँग आफ्ना ग्राहकलाई छुट प्रदान गर्न सहकार्य गरेको छ ।

यसअन्तर्गत एभरेस्ट बैंकका ग्राहकले फुड बेभरेज र बेकरी सपमा होटलले तोकेको स्ट्यान्डर्ड मूल्यमा १५ प्रतिशत छुट पाउनेछन् । कोभिडको महामारीका कारण यो अफर टेक अवे सेवामा मात्र उपलब्ध छ ।

अवस्था सहज भएलगत्तै यो अफर होटल सेवामा पनि उपलब्ध हुनेछ । सम्झौताअन्तर्गत एभरेस्ट बैंकका ग्राहकले आफ्नो एटीएम वा क्रेडिट कार्ड देखाए उक्त छुट पाउनेछन् ।

प्रकाशित : आश्विन १०, २०७७ १४:११
प्रतिक्रिया
पठाउनुहोस्

गोलबजारमा महालक्ष्मीको नयाँ शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — महालक्ष्मी विकास बैंकले शुक्रबारदेखि सिरहाको गोलबजारमा नयाँ शाखा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालय १ सय ३ पुगेका छन् । बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्धि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले शाखा विस्तार गरेको बताएको छ ।

सबै शाखाबाट ५ लाखभन्दा बढी ग्राहक लाभान्वित भएको बैंकको भनाइ छ ।

प्रकाशित : आश्विन १०, २०७७ १४:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×