दराज सहयात्री कार्यक्रममार्फत आठ हजार एसएमई

कान्तिपुर संवाददाता

काठमाडौँ — साना र मध्यम आकारका उद्यम (एसएमई) लाई समर्थन गर्न सुरु गरिएको दराजको सहयात्री कार्यक्रममा सहभागी हुन ८ हजारभन्दा बढी एसएमईले दर्ता गरेका छन् ।

तीमध्ये २ हजार १ सयभन्दा बढी एसएमईले दराजमार्फत व्यवसाय सञ्चालन गरेको कम्पनीले बताएको छ । अन्य सञ्चालन प्रक्रियामा छन् ।

कार्यक्रमअन्तर्गत दराजले चार महिनाको कमिसन शुल्क हटाई विक्रेतालाई देशभरिका ७ लाखभन्दा बढी ग्राहकसम्म नि:शुल्क पहुँच प्रदान गरेको बताएको छ । साथै करिब ५५ लाख रुपैयाँ सहयोग प्रदान गरेको बताएको छ ।

प्रकाशित : आश्विन १०, २०७७ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?