२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

धानको मूल्य निर्धारण गर्न संघ र प्रदेश सरकारबीच छलफल

सरकारीस्तरबाटै धान खरिद गर्न छलफल
सन्तोष सिंह

धनुषा — धानको न्युनतम समर्थन मूल्य निर्धारण गर्न संघ र प्रदेश सरकारबीच छलफल भएको छ । जनकपुरमा संघीय कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालको उपस्थितिमा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धानको न्युनतम मूल्य निर्धारण गर्न छलफल भएको हो ।

धानको मूल्य निर्धारण गर्न संघ र प्रदेश सरकारबीच छलफल

सरकारीस्तरबाटै धान खरिद गर्ने गरी योजना निर्माणका लागि प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले १० दिनभित्र विस्तृत प्रस्ताव तयार गरी संघीय मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ । छलफलमा किसानलाई उचित मूल्य उपलब्ध गराउने ग्यारेन्टीका लागि विभिन्न मोडेलहरु माथि छलफल भएको थियो ।

छलफलमा मुख्यमन्त्री लालबाबु राउत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेद्र साह, राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव अर्जुन पोखरेल सहभागी थिए ।

प्रकाशित : आश्विन ९, २०७७ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?