सांग्रिलाको ब्याज छुट योजना- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांग्रिलाको ब्याज छुट योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोभिड–१९ को महामारीबाट ग्राहकलाई परेको असरको मूल्यांकन गर्दै असोज मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशत छुट योजना ल्याएको छ ।

०७७ असोज मसान्तसम्म भुक्तान गर्न बाँकी साँवाब्याज रकम भुक्तानी गरे ब्याज रकममा १२ प्रतिशत सहुलियत छुट दिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

प्रकाशित : आश्विन ९, २०७७ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्

ग्लोबल र महासंघबीच ब्याजदर सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आईएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्नेबारे सम्झौता भएको छ ।

महासंघमा आबद्ध होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई जनचेतना बढाएर सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने र सरलताका साथ बैंकिङ कारोबारको पहुँचमा ल्याउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हीराध्वज शाहले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : आश्विन ९, २०७७ ११:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×