सिभिलको किसान समृद्धि कार्ड- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

सिभिलको किसान समृद्धि कार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — सिभिल बैंकले किसानको समृद्धिका लागि किसान समृद्धि कार्ड सुविधा सञ्चालनमा ल्याएको छ ।

कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरूप किसानको समृद्घिका लागि बैंकले यो कार्ड सेवाको सुरुवात गरेको जनाएको छ ।

कुनै पनि कृषि पेसामा आबद्ध ग्राहकलाई लक्ष्य गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रूपमा बचत गर्दै जाने तथा आवश्यक परेका बेला उक्त बचत रकम झिक्न सकिनेछ ।

प्रकाशित : आश्विन ९, २०७७ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्

सनराइजले ल्यायो डिजिटल टेलर सेवा

कान्तिपुर संवाददाता

काठमाडौँ — सनराइज बैंकले बैंकका काउन्टरमार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ ।

चेक तथा एटीएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो । यो सेवाको सुरुवातसँगै अब बैंकमा खाता हुने ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरूमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : आश्विन ९, २०७७ ११:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×