एनसेलको ननस्टप प्याक- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनसेलको ननस्टप प्याक

कान्तिपुर संवाददाता

काठमाडौँ — दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ग्राहकका लागि ननस्टप अफर ल्याएको छ । यसअन्तर्गत टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनका आकर्षक योजना छन् ।

‘प्लस’ थिमअन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखी ल्याइएका यी नयाँ प्याक बुधबारदेखि सञ्चालनमा छन् । ‘प्लस’ थिमले नवीन र विशेष सेवाका साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य छ ।

ग्राहकले २५ (करसहित रु ३१.९२) रुपैयाँमा एक दिनको टिकटक वा फेसबुक प्याक लिन सक्नेछन् । ३ सय ६० (करसहित ४५९.६८) रुपैयाँमा ३० दिनको टिकटक वा फेसबुक प्याक लिने सुविधा पनि एनसेलले ल्याएको छ ।

प्रकाशित : आश्विन ८, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्

पब्जी मोबाइलसँग माउन्टेन ड्युको हातेमालो

कान्तिपुर संवाददाता

काठमाडौँ — माउन्टेन ड्युले विश्वमै लोकप्रिय रहेको मोबाइल खेलमध्येको एक पब्जी मोबाइलसँग विश्वव्यापी साझेदारीको घोषणा गरेको छ ।

यस प्रकारको कदमले माउन्टेन ड्युले सञ्चालन गरेका अभियानमा ई–स्पोर्ट्सका पेसेवर खेलाडी र प्रशासकका अन्य पुस्तामाझ पुग्दै गेमिङ उद्योगमा नवीनता र उत्साह जागृत गर्ने बताइएको छ ।

प्रकाशित : आश्विन ८, २०७७ १४:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×