सानिमाको क्रेडिट कार्ड आवेदन अनलाइनबाटै- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सानिमाको क्रेडिट कार्ड आवेदन अनलाइनबाटै

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले ग्राहकको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाइनमार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

क्रेडिट कार्ड आवेदन दिन बैंकको वेबसाइटमा गई क्रेडिट कार्ड आवेदनमा क्लिक गरी फाराममा उल्लिखित आवश्यक विवरण भर्नुपर्नेछ ।

फाराम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड उपलब्ध गराइने समयसम्बन्धी जानकारी इमेल तथा फोनमार्फत गराइने बैंकले जनाएको छ ।


प्रकाशित : आश्विन ७, २०७७ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्

किया सोनेटको मूल्य सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको सब कम्प्याक्ट एसयूभी सोनेटको मूल्य सार्वजनिक गरेको छ ।

भारतमा निर्मित सोनेट कियाको सेल्टोस र कार्निभल लक्जरी एमपीभीपछिको तेस्रो गाडी हो । सब–४ मिटर एसयूभी स्पेसका साथ आएको सोनेट बेस एचटीई भेरियन्टको सुरुआती मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

उपलब्ध सुविधाका आधारमा जीटीएक्सप्लस भेरियन्टको मूल्य ६५ लाख ९० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७७ १२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×