किया सोनेटको मूल्य सार्वजनिक- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किया सोनेटको मूल्य सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको सब कम्प्याक्ट एसयूभी सोनेटको मूल्य सार्वजनिक गरेको छ ।

भारतमा निर्मित सोनेट कियाको सेल्टोस र कार्निभल लक्जरी एमपीभीपछिको तेस्रो गाडी हो । सब–४ मिटर एसयूभी स्पेसका साथ आएको सोनेट बेस एचटीई भेरियन्टको सुरुआती मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

उपलब्ध सुविधाका आधारमा जीटीएक्सप्लस भेरियन्टको मूल्य ६५ लाख ९० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७७ १२:११
प्रतिक्रिया
पठाउनुहोस्

युनियन लाइफ चौथो वर्षमा

कान्तिपुर संवाददाता

काठमाडौँ — युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चौथो वर्षमा प्रवेश गरेको छ ।

तेस्रो वार्षिकोत्सवका अवसरमा कम्पनीले आगामी दिनमा अझ बढी सशक्त रूपमा व्यवसाय वृद्धि गर्ने प्रतिबद्धता जनाएको छ ।

कम्पनीले कारोबार सञ्चालन गरेको तेस्रो वर्षमै बिमा क्षेत्रमा स्थापित नाम बनाउन सफल भएको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लालकर्णले बताए ।

प्रकाशित : आश्विन ७, २०७७ १२:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×