नबिलले सुरु गर्‍यो ‘फोनलोन’

काठमाडौँ — नबिल बैंकले फोनबाट लोन लिने सुविधा ‘नबिल फोनलोन’ सुरु गरेको छ ।

नबिलले सुरु गर्‍यो ‘फोनलोन’

यो सुविधाअनुसार बैंकको तलबी खातावाहक ग्राहकले मोबाइलबाट आवश्यकताअनुसार एक लाख रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्छन् । यसका लागि नबिल स्मार्ट बैंकको सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा कर्जा प्राप्त गर्न सक्छन् ।

एफवान सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा बैंकले यो सेवा ल्याएको हो ।

प्रकाशित : आश्विन ६, २०७७ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?