कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सहकारीले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने

काठमाडौँ — अब सहकारी संघसंस्थाले कर्जा प्रवाह गर्दा १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले सोमबार उक्त निर्णय गरेको हो । 

सहकारीले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने

यसअघि यस्तो सन्दर्भ ब्याजदर १६ प्रतिशत थियो । सो व्यवस्था परिमार्जन गरि नयाँ सन्दर्भ दर तोकिएको हो । यो व्यवस्था २०७७ कात्तिक १५ देखि लागू हुने सहकारी विभागले जनाएको छ ।

सहकारी संस्थाहरूले आफूखुसी जथाभावी बढी ब्याज लिँदै आएकाले त्यसलाई नियन्त्रण गर्न भन्दै समितिले ०७६ साउन १९ देखि १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकेको थियो । अहिले सोही दरलाई परिमार्जन गरिएको छ ।

सन्दर्भ ब्याज पुनरावलोकन गरिए पनि सबै सहकारीले पालना गरेका छैनन् । विभागले भने सबै सहकारी संस्थाले सन्दर्भ ब्याजदर पालना गरेको दाबी गरेको छ । तर, काठमाडौं र ललितपुर जिल्लामा रहेका अधिकांस सहकारीले सन्दर्भ ब्याजदर पालना नगरेको स्रोतले बताएको छ ।

अब सहकारी संस्थाले बचतमा अधिकतम् ८.७५ प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने भएका छन् । कर्जा र बचतको ब्याजअन्तर ६ प्रतिशत भन्दा कम हुनु पर्ने व्यवस्थाको कारण सहकारीले बचतमा पनि धेरै ब्याज दिन नपाएका हुन् ।

सहकारी विभागको रजिष्ट्रारको संयोजकत्वमा सन्दर्भ ब्याजदर निर्धारण समिति गठन गरिएको छ । सोही समितिले पहिलो पटक सन्दर्भ ब्याजदर परिमार्जन गरेको हो । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई अधिकतम् ब्याजदर सीमा १५ प्रतिशत कायम गरेपछि सहकारीमा सो भन्दा कम ब्याजदर कायम गर्ने दबाब थियो । सोहीकारण समितिले सन्दर्भ दर परिमार्जन गरेको हो ।

प्रकाशित : आश्विन ५, २०७७ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?