जीओ फोर्डको ‘फोर्ड फेस्टिभ’ अफर

काठमाडौँ — फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले ‘फोर्ड फेस्टिभ’ अफर ल्याएको छ । जीओले नजिकिँदै गरेका दसैंतिहारलाई लक्ष्य गर्दै यो योजना ल्याएको हो ।

जीओ फोर्डको ‘फोर्ड फेस्टिभ’ अफर

योजनाअनुसार फोर्ड खरिद गर्ने ग्राहकले गाडी बुकिङमा नगद छुट, एक वर्षका लागि निःशुल्क सडक कर र बिमा प्राप्त गर्नेछन् । साथै कम्पनीले स्क्य्राच कार्ड, ६ महिने ईएमआई होलिडे र स्थगित भुक्तानी गरी तीन अफर ल्याएको छ । यी अफरमध्ये ग्राहकले कुनै एक मात्र लिन सक्ने कम्पनीले जनाएको छ । अफरको स्क्य्राच कार्डमा ४ लाख ५० हजार रुपैयाँसम्म जित्न सक्नेछन् ।

६ महिने ईएमआई अफरअनुसार ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नुपर्दैन । यो योजना फोर्ड फिगो, एपाएर, फोर्ड फ्रिस्टाइल र फोर्ड इकोस्पोर्टका भेरियन्टमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : आश्विन ४, २०७७ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?