बजारमा ब्ल्याक प्लस डिकर

काठमाडौँ — चौधरी ग्रुपले नेपाली बजारमा अमेरिकी ब्रान्ड ब्ल्याक प्लस डिकर बिक्रीवितरण सुरु गरेको छ ।

बजारमा ब्ल्याक प्लस डिकर

चौधरी ग्रुपको सीजी इम्पेक्सले ब्ल्याक प्लस डिकरसँग सम्झौता गर्दै शनिबार आधिकारिक रूपमा बिक्रीवितरण सुरु भएको जनाएको छ । सम्झौतापछि सीजीले नेपाली बजारमा ब्ल्याक फ्लस डिकरका घरायसी सामग्रीहरूको बिक्रीवितरण गर्नेछ ।

यसमा स्टिम आइरन, ग्रिन्डर मिल्स, राइस कुकर, गार्मेन्ट स्टेमर, स्यान्डविच मेकर, हिटर, माइत्रोवेभ ओभन, ओटीजीलगायत घरायसी सामग्री छन् ।


प्रकाशित : आश्विन ४, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?