साओमीले ल्यायो दुई टीभी- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साओमीले ल्यायो दुई टीभी

कान्तिपुर संवाददाता

काठमाडौँ — साओमीले दुई नयाँ उत्पादन ‘मी टीभी ४ एक्स’ र ‘मी एलईडी टीभी ४ ए प्रो’ सार्वजनिक गरेको छ ।

नजिकिँदै गरेका चाडपर्वका अवसरमा ५५ इन्चको मी टीभी ४ एक्स र ४३ इन्चको मी एलईडी टीभी ४ ए प्रो सार्वजनिक गरिएको हो । नेपालमा टीभी पहिलो पटक सार्वजनिक गरेसँगै नयाँ श्रेणीमा प्रवेश गरेको कम्पनीले जनाएको छ । मी टीभी ४ एक्स २०२० संस्करणमा ४ के १०–बिट एचडीआर डिस्प्ले छ । यसमा गुगलको नयाँ एन्ड्रोइड टीभी ९.० का साथ गुगल असिस्टेन्ट, युट्युब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभर बिल्ट–इनलगायत विशेषता छन् ।

मी टीभी ४ एक्सको ६४ हजार ९ सय ९९ रुपैयाँ र मी एलईडी टीभी ४ ए प्रो ३९ हजार ९ सय ९९ रुपैयाँ पर्छ ।

प्रकाशित : आश्विन ३, २०७७ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्

नबिलको चाडपर्व योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — नबिल बैंकले आफ्ना ग्राहकका लागि चाडपर्व योजना ल्याएको छ ।

बैंकले कोभिड–१९ प्रभावका कारण आर्थिक कठिनाइमा परेका ग्राहकका लागि व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जा योजना ल्याएको हो ।

योजनाअनुसार बैंकले १३ देखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकलाई वार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । एक वर्षसम्मको मुद्दती खातामा बैंकले ८.५ प्रतिशत, २ वर्षभन्दा माथि र ५ वर्षसम्मका व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.२५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

प्रकाशित : आश्विन ३, २०७७ १३:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×