नबिलको चाडपर्व योजना

काठमाडौँ — नबिल बैंकले आफ्ना ग्राहकका लागि चाडपर्व योजना ल्याएको छ ।

बैंकले कोभिड–१९ प्रभावका कारण आर्थिक कठिनाइमा परेका ग्राहकका लागि व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जा योजना ल्याएको हो ।

योजनाअनुसार बैंकले १३ देखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकलाई वार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । एक वर्षसम्मको मुद्दती खातामा बैंकले ८.५ प्रतिशत, २ वर्षभन्दा माथि र ५ वर्षसम्मका व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.२५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

प्रकाशित : आश्विन ३, २०७७ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?