एलजीको ‘अपग्रेड टु हेल्दी लाइफ स्टाइल’- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एलजीको ‘अपग्रेड टु हेल्दी लाइफ स्टाइल’

कान्तिपुर संवाददाता

काठमाडौँ — एलजी नेपालको आधिकारिक बिक्रेता सीजी इम्पेक्स प्रालिले चाडपर्व लक्षित ‘अपग्रेड टु हेल्दी लाइफ स्टाइल’ अफर ल्याएको छ ।

यो योजनामा ग्राहकले एलजीका कुनै पनि घरायसी सामान किन्दा ४० प्रतिशत छुट र पुरस्कार प्राप्त गर्नेछन् । एलजीको रेफ्रिजेरेटर खरिदमा माइक्रोवेभ वोभन, डबल डोर रेफ्रिजेरेटर खरिदमा मिक्चर, ८ केजीसम्मको फ्रन्टलोड वासिङ मेसिन खरिदमा पिजनको गिफ्ट सेट, ९ केजीभन्दा माथि र वासर ड्रायर वासिङ मेसिन खरिद गर्दा पिजनको इन्डक्सन कुकर, टपलोड वासिङ मेसिन खरिद गर्दा पिजनको आइरन, डिस वासर खरिद गर्दा पिजनको गिफ्ट सेट, एसी खरिदमा निःशुल्क जडान जस्ता उपहार छन् ।

प्रकाशित : आश्विन ३, २०७७ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्

‘टाटा अल्ट्रोज’ अब नेपालमा

कान्तिपुर संवाददाता

काठमाडौँ — टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बिहीबार नेपाली बजारमा ‘टाटा अल्ट्रोज’ सार्वजनिक गरेको छ ।

सिप्रदीले टाटा अल्ट्रोजको बुकिङ खुला गर्दै यसको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यसमा रहेको १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्दछ । यसमा आइडलस्टप, स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हिडन डोर्स ह्यान्डललगायत विशेषता छन् ।

गाडीमा सुरक्षाका लागि एबीएस, ईबीडी, सीएससी र डुअल एयर ब्याग रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन ३, २०७७ १३:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×