कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

‘टाटा अल्ट्रोज’ अब नेपालमा

काठमाडौँ — टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बिहीबार नेपाली बजारमा ‘टाटा अल्ट्रोज’ सार्वजनिक गरेको छ ।

सिप्रदीले टाटा अल्ट्रोजको बुकिङ खुला गर्दै यसको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यसमा रहेको १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्दछ । यसमा आइडलस्टप, स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हिडन डोर्स ह्यान्डललगायत विशेषता छन् ।

गाडीमा सुरक्षाका लागि एबीएस, ईबीडी, सीएससी र डुअल एयर ब्याग रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन ३, २०७७ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?