नेपालमा आयो ‘हुन्डाई ग्रान्ड आई टेन नियोस’- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा आयो ‘हुन्डाई ग्रान्ड आई टेन नियोस’

कान्तिपुर संवाददाता

काठमाडौँ — हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ गाडी ‘हुन्डाई आई टेन नियोस’ सार्वजनिक गरेको छ ।

हुन्डाई ग्रान्ड टेन नियोस कप्पा डुअल भीटीभीटी टेक्नोलोजीमा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध छ । गाडीमा ८३ पीएस/६ हजार आरपीएम गरी दुवै म्यानुअल तथा स्वचालित ट्रन्समिसन विकल्प प्रयोग गर्न सकिन्छ ।

ग्रान्ड आई टेन नियोसले ५–स्पिड म्यानुअल स्मार्ट अटो एमटी दुवै किसिमको ट्रान्समिसनमा उपलब्ध रहेको कम्पनीले बताएको छ । यसको नेपाली बजारमा सुरुवाती मूल्य ३० लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन ३, २०७७ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्

कैलालीकी पत्रकार निर्मला पहराई मृत फेला

अर्जुन शाह

धनगढी — कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालित रेडियो कैलाली एफएममा कार्यरत करिब २४ वर्षीया पत्रकार निर्मला पहराई मृत भेटिएकी छिन् । घोडाघोडी नगरपालिका–५ मा रहेको फुलबारी सामुदायिक जंगलमा झुण्डिएको अवस्थामा शुक्रबार उनको शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

उनी रेडियो कैलालीमा पाँच वर्षदेखि समाचार वाचिका एवं समाचार कक्षमा कार्यरत थिइन् । भदौ ३१ गते बिहान ११ बजे घोडाघोडी नगरपालिका–४ जनकपुरमा रहेको घरबाट निस्किएकी उनी सम्पर्कविहीन थिइन् । असोज १ गते परिवारका सदस्यले प्रहरी कार्यालयमा जानकारी गराएपछि खोजी कार्य सुरु भएको थियो।

‘शुक्रबार अपराह्नतिर झुण्डिएको अवस्थामा उनी मृत फेला परेकी हुन्’, सुखड इलाका प्रहरी कार्यालयका डिएसपी सागर बोहराले भने,’ घटनाको थप अनुसन्धान भइरहेको छ ।’ पहराई मृत फेला परेपछि सोही रेडियोमा कार्यरत पत्रकार ललित जाग्रीलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको बताएको छ । शव पोष्टमार्टमका लागि धनगढी ल्याइएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघले शाेक विज्ञप्ति सार्वजनिक गर्दै मृतक पहराईप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाबारे अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेकाे छ ।



प्रकाशित : आश्विन ३, २०७७ १३:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×