सेयर बजारको आकार २१ खर्ब

काठमाडौँ — सेयर बजारको आकार (कुल बजार पुँजीकरण) बिहीबार झन्डै २१ खर्ब रुपैयाँ पुगेको छ । यो दिन नेप्से करिब ३१ अंकले बढेको छ । यो वृद्धिसँगै समग्र नेप्से परिसूचक १ हजार ५ सय ७२.१८ बिन्दुमा उक्लेको छ भने कुल बजार पुँजीकरण २० खर्ब ९० अर्ब २० करोड रुपैयाँ छ । यसअघि ०७३ साउन १२ मा कुल बजार पुँजीकरण २० खर्ब ७० अर्ब ९९ करोड रुपैयाँ थियो ।

सेयर बजारको आकार २१ खर्ब

बजार पुँजीकरण हालसम्मकै उच्च भए पनि समग्र नेप्से भने हालसम्मकै उच्च विन्दुभन्दा अझै ३ सय ९ अंकले कम हो । ०७३ साउनमै नेप्से हालसम्मकै उच्च १ हजार ८ सय ८१ बिन्दुमा पुगेको थियो । यस्तै बिहीबार ५३ हजार २ सय ४० वटा कारोबार भएको छ । यो पनि हालसम्मकै उच्च हो । यसअघि दैनिक ५२ हजार हाराहारीमा कारोबार भएको थियो । यो दिन १ सय ९१ कम्पनीका १ करोड ३२ लाख १६ हजार कित्ता सेयर किनबेच भए । सो दिन व्यापार भएको सेयर संख्या पनि दैनिक कारोबारमा हालसम्मकै उच्च भएको नेप्सेले जनाएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से परिसूचक २ प्रतिशत बढेको छ । सो दिन ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढी हो । सो दिन निर्जीवन बिमा समूहबाहेकका सबै परिसूचक बढे । यस दिन होटल, जलविद्युत् र वित्त समूहको सेयरप्रति लगानीकर्ताको आकर्षण उच्च देखिएको छ ।

होटल समूहको परिसूचक ९.३७, जलविद्युत् समूहको ७.३६ र वित्त समूहको ६.१३ प्रतिशत बढ्यो । बैंकिङ समूहको २.३ व्यापारिकको ०.६५, विकास बैंकको ३.७३, उत्पादन तथा प्रशोधन समूहको ०.४४, अन्यको ०.८६ र लघुवित्तको ०.४७ प्रतिशतले सकारात्मक रहे ।

प्रकाशित : आश्विन २, २०७७ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?