कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डिजेल र मटितेलको मूल्य १ रुपैयाँ घट्यो

पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत

काठमाडौँ — नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेशनले १६ सेप्टेम्बर (भदौ ३१) मा पठाएको मूल्यअनुसार डिजेल र मटितेलको मूल्य घटाइएको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।

डिजेल र मटितेलको मूल्य १ रुपैयाँ घट्यो

‘राति १२ बजेदेखि डिजेल र मटितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेका छौं,’ निगमका प्रवक्ता उपाध्यायले भने, ‘नयाँ मूल्यअनसार डिजेल र मटितेलको प्रतिलिटर मूल्य ९०/९० रुपैयाँ कायम गरिएको छ ।’

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।



प्रकाशित : भाद्र ३१, २०७७ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?