१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

घान्द्रुकका होटल असोजपछि मात्रै खुल्‍ने

लालप्रसाद शर्मा

पोखरा — सरकारले बिहीबारदेखि लामो दूरीका सवारीसाधन, आन्तरिक हवाइ उडान, होटल, रेष्टुरेन्ट खुला गर्न दिने निर्णय गरेपनि कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुकका होटल भने एक महिनापछि मात्रै खुल्ने भएका छन् । 

घान्द्रुकका होटल असोजपछि मात्रै खुल्‍ने

घान्द्रुकमा रहेका होटल असोज महिनाभरी बन्द गर्ने व्यवसायीले बुधबार निर्णय गरेका छन । कोरोनाको महामारी नसकिएको र तत्काल होटल र होमस्टे सञ्चालन गर्दा गाउँमा कोरोना भित्रन सक्ने कारण देखाउँदै व्यवसायीहरुले एक महिना पूर्णरुपमा होटल बन्द गर्ने निर्णय गरेका हुन् ।

पर्यटन समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङले पैसा भन्दा पनि ज्यान ठूलो भएको सबै व्यवसायीको ठहरपछि होटल सञ्चालनमा नल्याउने निर्णय भएको बताए । ‘अहिलेसम्म गाउँ कोरोनामुक्त छ । होटल सञ्चालन हुनसाथ भित्रिन सक्छ भन्ने ठहर भयो,’ उनले भने, ‘पहिलो कुरा शरीर रह्यो । बाँचेदेखि भोलि कमाउँला भन्ने भयो । सबैको एकमत भएपछि यो एकमहिना बन्दको निर्णय गरियो ।’

स्याउली बजारदेखि मुख्य गाउँ घान्द्रुकसम्मका ५ दर्जन होटल र केही होमस्टे सञ्चालनमा नल्याउने निर्णय भएको उनले बताए । गाउँमा बुढापाका पनि धेरै रहेकाले उनीहरुको स्वास्थ्यमा पनि ध्यान दिइएको समितिको भनाइ छ ।

प्रकाशित : भाद्र ३१, २०७७ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?