ओप्पोले ल्यायो ‘कलरओएस ११’- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

ओप्पोले ल्यायो ‘कलरओएस ११’

कान्तिपुर संवाददाता

काठमाडौँ — स्मार्टफोन ब्रान्ड ओप्पोले अन्तर्राष्ट्रिय बजारमा नयाँ ‘कलरओएस ११’ सार्वजनिक गरेको छ ।

यसले यूआई कस्टमाइजेसनको सुविधा उपलब्ध गराउँछ ।

यो स्मार्टफोनमा ब्याट्रीलाई लामो समयसम्म टिकाउन सुपर पावर सेभिङ मोड छ । यसको प्रयोगबाट कम ब्याट्री भएको समयमा पनि छ वटा एप्लिकेसन चयन गरेर चलाउन सकिन्छ । ओप्पोका अनुसार यसमा प्रयोगकर्ताको गोपनीयतालाई सुरक्षित राख्न सुरक्षा फिचर्ससमेत छ । कलरओएस ११ ब्याट्च बाई ब्याट्च एप्रोचबाट सार्वजनिक गरिनेछ । यसको सुरुवात फाइन्ड एक्सटू सिरिज र रेनोथ्री सिरिजमार्फत हुने कम्पनीले जानकारी दिएको छ ।

पूर्णत: रोलआउट हुँदा यसले फाइन्ड, रेनो, एफ, के र ए सिरिजअन्तर्गतका २८ भन्दा बढी फोन मोडल समेट्ने कम्पनीले बताएको छ ।

प्रकाशित : भाद्र ३१, २०७७ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्

बीओकेका ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दी योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंक अफ काठमान्डु (बीओके) ले घरायसी उपकरणको खरिदमा शून्य प्रतिशत किस्ताबन्दी योजना ल्याएको छ ।

बैंकले नजिकिँदै गरेका चाडपर्वलाई लक्ष्य गर्दै क्रेडिट कार्डवाहकका लागि यो योजना ल्याएको हो । बैंकका ग्राहकले सीजी, एलजी, गोदरेज, टीसीएल, इलिका, केन्ट र ब्ल्याक एन्ड डेकोर कम्पनीका घरायसी विद्युतीय उपकरण सरल किस्ताबन्दीमा किन्न सक्छन् । यो योजनाबाट बैंकको क्रेडिट कार्ड प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतीय उपकरण खरिद गर्दा कुनै ब्याज नलाग्ने बैंकले जनाएको छ ।

प्रकाशित : भाद्र ३१, २०७७ १०:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×