२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

एमएडब्ल्यूले ल्यायो दुई नयाँ भ्यान

काठमाडौँ — एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल प्रालिले नेपाली बजारमा दुई नयाँ पिकअप भ्यान टुनल्यान्ड ई र भ्यू सीएस२एल सार्वजनिक गरेको छ ।

एमएडब्ल्यूले ल्यायो दुई नयाँ भ्यान

नेपालका लागि फोटोन मोटरको आधिकारिक बिक्रेता

फोटोनको नयाँ टुनल्यान्ड ईमा २.८ लिटरको इनलाइन ४ सिलिन्डर, टर्बोचार्ज एन्ड इन्टरकुलरसहितको फोरवाइड ५ स्पिड म्यानुअल ट्रान्समिसन भएको डिजेल इन्जिन राखिएको छ । यसले ३६ सय आरपीएममा अधिकतम ८५ किलोवाट बराबरको पावर र १६ सयदेखि २४ सय आरपीएममा अधिकतम २८० एनएम टर्क उत्पन्न गर्छ । नेपाली बजारमा टुनल्यान्ड ईको मूल्य ५९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

टुनल्यान्ड ईसँगै १९ सिट क्षमताको भ्यान पनि सार्वजनिक भएको छ । यसमा रहेको २.८ लिटरको कमिन्स इन्जिनले ३६ सय आरपीएममा अधिकतम ११० किलोवाट पावर र ३ हजार आरपीएममा ३३० एनएम टर्क उत्पन्न गर्छ । नयाँ भ्यू सीएसमा पावर स्टेयरिङ, पावर विन्डो, एयर कन्डिसनर फ्रन्ट र रियर पनि उपलब्ध छ । नेपाली बजारका लागि यसको मूल्य ७२ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : भाद्र ३०, २०७७ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?