कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बजारमा हुन्डाई औरा

काठमाडौँ — नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई औरा सार्वजनिक गरेको छ ।

बजारमा हुन्डाई औरा

सेडान सेगमेन्टमा शक्तिशाली एवं सुविधायुक्त ट्रेन्डसेटरका रूपमा यो सवारी स्थापित हुने कम्पनीको विश्वास छ ।

नयाँ हुन्डाई औरा आकर्षक सेडानका लागि विकसित गरिएको कम्पनीले जनाएको छ । यसको उत्कृष्ट ड्राइभिङ पर्फमेन्स एवं गतिशीलताले ड्राइभरलाई आनन्द प्रदान गर्नेछ । स्टाइल, वास्तुकला र टेक्नोलोजीको उत्तम मिश्रण यो गाडी रहेको कम्पनीले बताएको छ ।

यसमा फ्रन्ट डुअल एयरब्याग्स, एन्टिलक ब्रेकिङ सिस्टम विथ इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन, रियल पार्किङ सेन्सर एन्ड इमर्जेन्सी स्टप सिग्नललगायत सुरक्षा सुविधा पनि रहेको कम्पनीले जानकारी दिएको छ ।

रातो, खैरो, सिल्भर र सेतो रङमा उपलब्ध यो गाडीको सुरुवाती मूल्य ३३ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

प्रकाशित : भाद्र २९, २०७७ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?