कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साओमीको ‘रेडमी ९ सी’ र ‘मी स्मार्टब्यान्ड ५’

काठमाडौँ — साओमीले बिहीबार ‘रेडमी ९ सी’ र ‘मी स्मार्टब्यान्ड ५’ नेपालमा सार्वजनिक गरेको छ ।

साओमीको ‘रेडमी ९ सी’ र ‘मी स्मार्टब्यान्ड ५’

डमी ९ सीमा एआई ट्रिपल क्यामेरा, ६.५३ इन्च डट ड्रप डिस्प्ले, ५ हजार एमएएच क्षमताको ब्याट्री, मिडियाटेक हेलियो जी ३५ र अक्टा कोर गेमिङ चिपसेट जस्ता विशेषता छन् । मी स्मार्टब्यान्ड ५ मा १.१ इन्च कलर एमोलेड डिस्प्ले, ६५ भन्दा बढी विभिन्न डिस्प्ले र ६ स्लिक ब्यान्ड कलरलगायत फिचर छन् । भाइब्रेन्ट डिस्प्ले र स्पोर्टी डिजाइन यसमा छ । रेडमी ९ सी सनराइज ओरेन्ज, ट्विलाइट ब्लू र मिडनाइट ग्रे गरी तीन रङमा उपलब्ध हुनेछ ।

यो २ जीबीका साथ ३२ जीबीको मूल्य १२ हजार ९ सय ९९ रुपैयाँ र ३ जीबीका साथ ६४ जीबीको मूल्य १४ हजार ९ सय ९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ । मी स्मार्ट ब्यान्ड ५ को मूल्य ४ हजार ४ सय ९९ रुपैयाँ छ ।

प्रकाशित : भाद्र २६, २०७७ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?