कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दराज र भिसाका ग्राहकलाई १५ प्रतिशत छुट

काठमाडौँ — दराज र भिसाले आफ्ना ग्राहकलाई भिसा कार्ड प्रिप्रिन्टमा १५ प्रतिशत छुट उपलब्ध गराएका छन् ।

दराज र भिसाले सम्झौता गर्दै ग्राहकलाई असोज १४ सम्म भिसा कार्ड प्रिप्रिन्टमा छुट दिने भएका हुन् । दराजमा ५ हजारभन्दा बढी बिक्रेता र उनीहरुले बेच्ने ४ लाख ५० हजारभन्दा बढी उत्पादन रहेको जनाइएको छ । ग्राहकहरुले यीमध्ये कुनै पनि सामान छनोट गरी भिसा कार्डमार्फत पूर्वभुक्तानीमा ५ सय रुपैयाँसम्म छुट पाउनेछन् ।

यो छुट एक पटकका लागि मात्र भिसा क्रेडिट, भिसा डेबिट र प्रिपेड कार्डमा लागू हुने दराजले जनाएको छ ।

प्रकाशित : भाद्र १६, २०७७ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?