एनबी बैंकले दियो ५ हजार थान रेमडेसिभिर

काठमाडौँ — नेपाल बंगलादेश (एनबी) बैंकले ५ हजार थान रेमडेसिभिर औषधि सहयोग गरेको छ ।

एनबी बैंकले दियो ५ हजार थान रेमडेसिभिर

कोभिड–१९ को उपचारमा प्रयोग हुने यो औषधि बैंकले २ करोड २५ लाख रुपैयाँबराबरको सहयोग गरेको हो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको संयुक्त लगानी रहेको आईएफआईसी बैंक, बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल र बंगलादेशको संयुक्त पहलमा ती औषधि सहयोग गरिएको बैंकले जनाएको छ । बैंकले बंगलादेशको ढाकास्थित नेपाली राजदूत डा. वंशीधर मिश्रलाई बिहीबार उक्त औषधि हस्तान्तरण गरेको हो । उक्त औषधि एक/दुई दिनभित्र नेपाल आइसक्ने बैंकले जनाएको छ ।

बैंकले यसअघि पनि सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ४५ लाख रुपैयाँ प्रदान गरिसकेको छ ।

प्रकाशित : भाद्र १२, २०७७ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?